बैतडी : १३२ केभी बिद्युत लाईन बिग्रिए पछि बैतडी अन्धकारमय बनेका छन । हिजो बुधबार बेलुकीपख चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लाहरुमा प्रवाह हुने १३२ केभी लाईनमा असर पुग्दा बिद्युत आपूर्ती बन्द भएको हो ।
हिजो राती परिसकेकाले कुन ठाउँमा लाईन बिग्रिएको भन्ने पत्ता लगाउन नसकिएको नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जानकारी दिएको छ ।
उनका अनुसार १३२ केभी लाईनको अत्तरिया देखि माथि पहाड तिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । उक्त क्षेत्र अत्तरिया ग्रिडको हो । तर ट्याक्कै कुन ठाउँमा फल्ट भएको एकिन भईसकेको छैन ।
प्रतिक्रिया