२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

नेविसंघ बैतडी अध्यक्षको जिम्मेवारी ढुंगाल लाई

SansherOnline SansherOnline
बुधबार २३, जेठ २०८१ ०३:४२
नेविसंघ बैतडी अध्यक्षको जिम्मेवारी ढुंगाल लाई

बैतडी : नेपाल विद्यार्थी संघ बैतडी अध्यक्षको जिम्मेवारी दिपेन्द्र बहादुर ढुंगालले पाएका छन् । नेपाल विद्यार्थी संघको विधान २०२७ को संशोधन २०७५ अनुसार ढुंगाललाई अध्यक्षको जिम्मेवारी दिएको  नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति अध्यक्ष दुजांग शेर्पाले लेखेको पत्रमा उल्लेख गरिएको छ ।   

नेपाल विद्यार्थी संघको विधि, विधान र मार्यादाभित्र रहेर संगठनलाई गतिशील बनाउन समेत नेविसंघले अध्यक्ष ढुंगाललाई आग्रह गरेको छ ।  

 

प्रतिक्रिया