२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

पञ्चेश्वरमा प्रभावकारी बन्दै ‘विद्यार्थीसंग अध्यक्ष’

SansherOnline SansherOnline
शुक्रबार १८, जेठ २०८१ ०५:४३
पञ्चेश्वरमा  प्रभावकारी बन्दै ‘विद्यार्थीसंग अध्यक्ष’

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य सहित बैतडीको पञ्चेश्वर गाउँपालिकामा विद्यार्थी संग अध्यक्ष कार्यक्रम चलिरहेको छ । विद्यार्थी तथा विद्यालयका अन्य समस्या बुझि शैक्षिक गुणस्तर सुधारको रणनीति तयार गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो ।

‘गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीका समस्या सुन्छौं, वास्तविक समस्या पहिचान गरेर सोहि अनुसार सुधारको रणनीति तयार गछौँ ।,’ विद्यार्थीसंग अध्यक्ष कार्यक्रममा विद्यार्थीसंग प्रत्यक्ष वहस गर्दै अभिभावकका गुनासो संकलन, प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष, जनप्रतिनिधि र कर्मचारी संग छलफल गर्ने गरिएको अध्यक्ष चन्दले बताउनुभयो ।  

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आक्रषण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले कार्यक्रम मार्फत सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न समुदायको भुमिका सम्बन्धि समेत जागरण सृजना गरिरहेको छ ।

स्वयम गाउँपालिका अध्यक्ष विद्यालयमा आएर समस्या बुझ्दा विद्यार्थीहरुमा समेत एक किसमको उत्साह देखिएको छ । हाल पञ्चेश्वर गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय संचालनमा छन। 

प्रतिक्रिया