२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

वर्षाले पहिरो जाँदा महाकाली राजमार्ग र खानेपानी अवरुद्ध

SansherOnline SansherOnline
मङ्गलबार १४, असार २०७९ ०९:२६
वर्षाले पहिरो जाँदा महाकाली राजमार्ग र खानेपानी अवरुद्ध

दार्चुला । गएराति देखि परिरहेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । महाकाली नगरपालिका ८ स्थित असिगडामा खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीच बाटोमै रोक्किएका छन् । अहिले महाकाली नगरपालिकाको स्काभेटर प्रयोग गरि सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसैबीच खलंगा( दल्लेख, खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा खानेपानी अवरुद्ध भएको छ । बिगत महिनौ देखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ । सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला(बेला खलंगाको खानेपानी अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया