बैतडी : बैतडीका १२ हजार बालबालिकाले आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियान अन्तर्गत बैतडीमा १२ हजार ८३५ बढी बालबालिका लाभान्वितहुनलागेकाहुन। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बैतडीमा आईपीभी खोप अभियान संचालन हुँदैछ । उक्त खोप अभियान अन्तर्गत बैतडीका १० वटै स्थानीय तहका बालबालिकालाई पोलियो भाइरसविरुद्दको आईपीभी खोप लगाईने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। बैतडीमा ४६० खाेप केन्द्रबाट अभियान सञ्चालन भयकाे स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ भट्टले जानकारी दिनुभयो ।
२०७३ वैशाख देखी ०७५ असाेज सम्म जन्मेका बालवालिकालाई उक्त खोप दिईने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीष भट्टले जानकारी दिनुभयो । नेपालमा यो खोप सेवा २०७१ सालदेखि संचालन गरिएपनि २०७३ जेठदेखि ०७५ भदौसम्म आई पि भी खोप अभाव भएको थियो । खोप अभाव भएको अवधिमा छुटेका वालवालिकाहरुलाई पोलियो रोगकाे जोखिम हुने हुँदा यो खोप लागाउन अभियान संचालन गर्नु परेको हो । नजिकको खोप केन्द्रमा गएर आफ्ना बालवालिकाहरुलाई पोलियो रोग विरुद्धकोआईपिभी खोप लगाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया