२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

झुलाघाट सडकमा जिप दुर्घटना,एकजनाकाे मृत्यु आठजना घाइते

SansherOnline SansherOnline
बुधबार १६, जेठ २०८१ ०४:४९
झुलाघाट सडकमा जिप दुर्घटना,एकजनाकाे मृत्यु आठजना घाइते

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका १० को बाराकोट भन्ने स्थानमा जीप दुर्घटनामा परेको छ ।गोठालाापानीबाट झुलाघाट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।    

दुर्घटनामा परेर एकजनाकाे मृत्यु भएकाे र आठजना घाइते भएका छन्। मृत्यु हुनेमा महिला रहेकी र ती महिलाकाे परिचय खुल्न बाँकी रहेकाे छ। दुर्घटनास्थलमा जीपकाे मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल ल्याउदा ती महिलाकाे मृत्युु भएकाे हाे। 

यस्तै अस्पतालमा अन्य आठजना घाइतेको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताउनुभयाे । दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेकाे र दुर्घटनाको कारण खुल्न सकेकाे छैन्। 

प्रतिक्रिया