बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाकामा रहेका सबै विद्यालयमा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द आफै कार्यक्रममा उपस्थित भएर विद्यार्थीहरु संग प्रत्यक्ष विद्यार्थीहरुका गुनासा, आवस्यकता पढाईको गुणस्तर र विद्यालयको अवस्था प्रत्यक विद्यालयमा गएर सिधै गाउँपालिका अध्यक्षले बुझ्नको लागि यो कार्यक्रम संचालन गरिएको हो ।
विद्यार्थीहरुसंगको यो कार्यक्रमले विद्यार्थीहरुको सुझाव लिने, उनीहरुका आवस्यकता बुझ्ने, शिक्षक र विद्यालय व्यवस्थापन समितिका माग र सुझाव लिने र त्यसलाई कार्यान्वयन गर्ने उद्देश्यले विद्यार्थी संग अध्यक्ष कार्यक्रम संचालन गरेको गाउँपालिकाका अध्यक्ष चन्दले बताउनु भयो । विद्यालयका गतिविधि थाहा पाउन र शैक्षिक सुधारका लागी आगामी खाका तयार गर्नका लागी यस्तो कार्यक्रम फलदायी हुने बिश्वास लिएको छ ।
विद्यार्थी संग गाउँपालिका अध्यक्षको कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालयको अवस्था बुझिनुका साथै विद्यालयको प्रगतीमा पनि सहयोग पुग्ने भएकाले यो कार्यक्रम एकदमै प्रभावकारी रहेको नागार्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेस भण्डारीले बताउनुभयो ।
आफ्ना विद्यालयसँग सम्बन्धीत र शिक्षासँग सम्बन्धी विविध प्रश्न गर्न पाएकोमा विद्यार्थीहरुले खुशि ब्यक्त गेका थिए । विद्यार्थी संग अध्याक्ष कार्यक्रमका संयोजक राइजन सार्कीले शिक्षामा सुशासन कसरी कायम गर्न सकिन्छ ? शिक्षामा गरेको लगानी अनुसार प्रतिफल कसरी हासिल गर्न सकिन्छ। भन्ने बिषयमा छलफल गर्न विद्यार्थी संग अध्यक्ष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले आगामी बर्ष तयार पार्ने निति तथा कार्यक्रमहरुमा विद्यार्थीको इच्छा,आवस्यकता,गाउँपालिकाको दायित्व लगायत बिषय समेटेर प्रभावकारी कार्यक्रम निर्माण गर्नका लागी यो कार्यक्रम संचालन गरेको बताउनुभयो ।
कार्यक्रमको सुरुवात गाउँपालिकाको वडा नं. ५ र ६ बाट सुरु गरिएको छ । कार्यक्रम गाउँपालिकाका सबै विद्यालयमा निरन्तर संचालन गरिने संयोजक सार्कीले बताउनु भयो ।
बढ्दो लागु औषध न्यूनिकरणको बरेमा पनी विद्यार्थीहरुलाई स्थानीय प्रशासन र प्रहरीको अगुवाईमा जनचेतना जानकारी दिनुईयको छ । अहिले लागु औषधमा बढ्दो यूवाहरुको आकर्षण हुने र यूवाहरुको भविश्य माथीनै धराप हुनेगरी जीवन बिताउने भएकाले जनचेतनामुलक अभियान थालिएको ईलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ ।
प्रतिक्रिया