२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा कालाजार रोग नियन्त्रण सम्वन्धि प्रशिक्षण, कस्ले कति जिम्मेवार हुने भन्ने बारे छलफल

SansherOnline SansherOnline
शनिबार १२, जेठ २०८१ ०७:५९
बैतडीमा कालाजार रोग नियन्त्रण सम्वन्धि प्रशिक्षण, कस्ले कति जिम्मेवार हुने भन्ने बारे छलफल

बैतडी : कालाजारको उच्च जोखिममा रहेको बैतडीमा कालाजार रोग नियन्त्रण सम्बन्धि पहिलो कलस्टरको छलफल र प्रशिक्षण गरिएको छ । कालाजार रोग नियन्त्रणमा स्थानियतह देखि प्रदेसको के भुमिका रहने र कस्ले कति जिम्मेवार हुने भन्ने बारे छलफल गरिएको हो ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङका कालाजारको उच्च जोखिममा रहेका स्थानियतहका प्रमुख, स्थानियतहका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य कार्यालय प्रमुख संग एकदिने अन्तरकृया एवम छलफल गरिएको छ ।

छलफलमा विरामीको उपचार सरकारले निशुल्क गर्ने भएपनि विरामीलाई अस्पताल सम्म आउने व्यवस्था कसरी गर्न सकिन्छ, यस्को उपचार विधि, यसलाई नियन्त्रण गर्न सरकारले गरेको प्रयास र यो नियन्त्रणमा स्थानिय सरकारको के भुमिका रहने बारे छलफल गरिएको इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले बताउनु भयो ।

यस्तै जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई पनि कालाजार रोगको उपचारविधिमा सहयोग पुर्याउने उद्देश्यले एकदिने प्रशिक्षण पनि दिईएको छ । एक जना कालाजार रोग लागेका विरामीको उपचारमा ८० देखि ९० हजार रुपयाँ खर्च हुने भएपनि सरकारले यो उपचार निशुल्क गर्दै आएको छ ।

कालाजार रोग लागेको मानिसलाई भुसनाले टोकेर त्यही भुसनाले निरोगीलाई टोकेमा यो रोग सर्ने गर्दछ । बैतडीका सिगास, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली, दसरथचन्द नगरपालिका कालाजारका उच्च जोखिमका स्थानियतह रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिनु भयो ।

रोग नियन्त्रण महाशाखा काठमाण्डौको प्राविधिक सहयोग र सुदूरपश्चिम प्रदेस स्वास्थ्य निर्देशनालयको आयोजनामा बैतडीमा दुईदिने छलफल तथा प्रशिक्षण गरिएको हो । पहिलो कल्स्टरको कार्यक्रम बैतडीमा र दोस्रो कलस्टरमा बाजुरा, डोटी र अछामको अछाममा र तेस्रो कल्टरमा कैलाली कन्चन्पुरमा यस्तै कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया