२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

बैतडी सदरमुकाम क्षेत्रको सडकका खाल्टाखुल्टी टालिँदै

SansherOnline SansherOnline
शनिबार १२, जेठ २०८१ ०८:५५
बैतडी सदरमुकाम क्षेत्रको सडकका खाल्टाखुल्टी टालिँदै

बैतडी : बैतडी सदरमुकाम जोड्ने सडकको शाहीलेक बजारदेखि गोठलापानी बजासम्मको सडकका खाल्टाखुल्टी पुरिन थालेका छन्। जिल्लाको मुख्य व्यापारिक केन्द्रका सडकको खाल्टाखुल्टी बल्ल पुरिन थालिएको हो ।  

सडक डिभिजन, बैतडीले ८ करोड बराबरको ठेक्का सम्झौता गरी कालोपत्रे सडकमा ओभर ल्यापिङ गर्ने काम भइरहेको सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख मुकुन्द प्रसाद लामिछानेले जानकारी दिए। 

यातायातका साधन चालकले खाल्टाखुल्टी छलेर गाडी चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र धुलाम्मे हुने गरेको थियो । खाल्टाखुल्टी पुरिन थालिएपछि गाडी सञ्चालनमा सहज भएको रमेस साउदले बताए।  

 

प्रतिक्रिया