२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा आज आई.पि.भी खोप अभियान सम्वन्धि सरोकारवाला संग अभिमुखिकरण

SansherOnline SansherOnline
शुक्रबार ११, जेठ २०८१ ०८:२३
बैतडीमा आज आई.पि.भी खोप अभियान सम्वन्धि सरोकारवाला संग अभिमुखिकरण

बैतडी : आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मी र सरोकारवाला विच अभिमुखिकरण गरिएको छ । जिल्लाभित्र २०७३ बैशाख देखी ०७५ असौज सम्म जन्मेका बालवालिकालाई खोप दिईने स्वस्थ्य कार्यालय बैतडीकाले जानकारी दियको हो ।

स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीष भट्टले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पादै दादुरा रुवेला खोप अभियानको प्रगति विवरण सहित चुनौती तथा समस्या र समाधानको विषयमा छलफल भएको छ । आई पि भि खोप अभियानको औचित्य बारे बुझाउने र बैतडी  जिल्लालाई पुर्ण खोप सुनिश्चितता कायम गर्नका लागि चालिएका कदम बारे सरोकारवालाहरुलाई जानकारी दिने उद्येश्यले अभिमुखिकरण गरिएको भट्टले बताए । पोलियो रोगको हालको अवस्था बारे पनी सहभागिहरुलाई जानकारी गराइएको छ ।

खोप लगाएपछि सामान्य असर हुने गरेको खोप सुपरभाइजर भट्टले बताए । उनका अनुसरा खोपले खास्सै समस्या नहु गरेको बताएका छन् ।

खोप अभाव भएको अवधिमा छुटेका वालवालिकाहरुलाई पोलियो रोग लाग्ने जोखिम हुने हुँदा यो खोप लागाउन अभियान संचालन गर्नु परेको हो । देसभरी खोप लगाउनु पर्ने १४ लाख ६२ हजार ७१२ लक्षित बालवालिका भएपनि बैतडीमा भने १२ हजार ८३५ जना रहेको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकमा रहेको छ ।

नजिकको खोप केन्द्रमा गएर आफ्ना बालवालिकाहरुलाई पोलियो रोग विरुद्धको आई पि.भी खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालय बैतडीले सबैलाई अनुरोध गरेको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । 

प्रतिक्रिया