२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा एक हजार रुपैयाँको नक्कली नोट भेटियो,नक्कली पर्ला नि होस गर्नुहोला

SansherOnline SansherOnline
बिहिबार १०, जेठ २०८१ ०७:३८
बैतडीमा एक हजार रुपैयाँको नक्कली नोट भेटियो,नक्कली पर्ला नि होस गर्नुहोला

बैतडी : तपाईले एक हजार रुपैयाँका नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । आज बैतडीको एक बैंकमा एक हजारको नक्कली नोट भेटिएको छ । कुनै अर्को बैंकबाट आएको पैसाको गड्डी भित्र सो नक्कली एक हजारको नोट भेटिएको नाम सार्वजनिक नगर्ने सर्तमा बैंकका प्रवन्धकले बताएका छन् । 

उनले भने “हामीले त्यो रुपयाँको सट्टामा अर्को एक हजारको नोट खल्तीबाट बैंकमा जम्मा गरेर त्यसको मुचुल्का उठाएर राखेका छौँ” । बजारमा यो नक्कली एक हजार रुपयाँ काबाट कोले ल्यायो भन्नेबारे बैंकले जानकारी दिएको छैन् । 

 

प्रतिक्रिया