२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

अन्तरपालिका भलिबल : पुरुष तर्फ दशरथचन्द च्यामियन

SansherOnline SansherOnline
बुधबार ०९, जेठ २०८१ ०६:१२
अन्तरपालिका भलिबल : पुरुष तर्फ दशरथचन्द च्यामियन

बैतडी : बैतडीमा सञ्चालन भएको अन्तरपालिका भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि दशरथचन्द नगरपालिकाले जितेको छ । हिजो मंगलबार सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्दले उपाधि जितेको हो । 

विजेता दशरथचन्दले ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार पाएको छ । मेलौलीले ५५ हजार ५५५ र  सिगास तेस्रो र सुर्नया गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।  

प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया  रहेको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ।  

नेपाल खेलकुद महासंघको आयोजनामा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूको सहभागी रहेको थियो।  

प्रतिक्रिया