२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

अन्तरपालिका भलिबल: महिला तर्फको उपाधि शिबनाथले जित्यो

SansherOnline SansherOnline
मङ्गलबार ०८, जेठ २०८१ ०२:४८
अन्तरपालिका भलिबल: महिला तर्फको उपाधि शिबनाथले जित्यो

बैतडी : बैतडीमा सञ्चालन भएको अन्तरपालिका भलिबल प्रतियोगिताको महिला तर्फको उपाधि शिबनाथले जितेको छ ।  मंगलबार मेलौलीसंग भएको फाईनल खेलमा ३/१ ले शिबनाथ बिजयी भएको हो।  मेलौलीले भने उपबिजेतामै चित्त बुझाएको छ । 

दशरथचन्द “ए” को टिम तृतीय र पुर्चौडीको टीम सान्त्वना भएको भलिबल प्रशिक्षक हरी भण्डारीले बताउनुभयो प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया  रहेको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ।  

नेपाल खेलकुद महासंघको आयोजनामा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूको सहभागी रहेको थियो। 

प्रतिक्रिया