२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा जारी अन्तरपालिका स्तरिय भलिबल : टिम सिगाश सेमिफाइनल प्रबेश

SansherOnline SansherOnline
सोमबार ०७, जेठ २०८१ ०८:१८
बैतडीमा जारी अन्तरपालिका स्तरिय भलिबल : टिम सिगाश सेमिफाइनल प्रबेश

बैतडी : बैतडीमा जारी बृहत अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा सिगाश सेमिफाइनल प्रबेश गरेको छ। हिजो भएको खेलमा सिगाशले पञ्चेश्वरलाई पराजीत गरेपछि टिम सिगाश सेमिफाइनल प्रबेश गरेको हो ।  

नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टीमहरुको सहभागी रहेको छ। 

प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ। प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो। 

 

प्रतिक्रिया