२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

उदयदेव सहकारीद्धारा जेष्ठ नागरिकहरुका लागि निःशुल्क आखा शिविर

SansherOnline SansherOnline
आइतबार ०६, जेठ २०८१ ०९:२४
उदयदेव सहकारीद्धारा जेष्ठ नागरिकहरुका लागि निःशुल्क आखा शिविर

 बैतडी : उदयदेव बहुउदेश्यीय सहकारीले जेष्ठ नागरिकहरुका लागि निःशुल्क आखा जाच शिविर शनिबार महेन्द्रनगमा संचालन गरेको छ । नेपाल नेत्रज्योति संघ गेटा आखा अस्पतालको सहयोगमा सँचालन भएको शिविरमा २ सय जनाको आखा परिक्षण गरेको हो ।

शिविरमा ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको आखा परिक्षण गरिएको हो । शिविरमा आखा जाच गराएकाहरु मध्य आवश्यक परेकाहरुलाई  औषधी पनि सहकारीले नै उपलव्ध गराएको उदयदेव बहुउदेश्यीय  सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताए । 

शिविरमा अखा परिक्षण गराएका मध्य  चश्मा र अप्रेशन आवश्यक पर्नेहरु मध्य आर्थिक रुपमा कमजोर रहेकाहरुलाइ उदयदेवले सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । 

प्रतिक्रिया