२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा मनसुनजन्य विपदका लागि पुर्व तयारी

SansherOnline SansherOnline
शनिबार ०५, जेठ २०८१ ०९:०४
बैतडीमा मनसुनजन्य विपदका लागि पुर्व तयारी

बैतडी : बेला-बेला विभिन्न किसमका विपद्हरु आइरहनेमध्येको एक बैतडी जिल्लामा मनसुनजन्य विपद् प्रतिकार्यको पुर्व तयारी गर्न थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाईमा विपद प्रतिकार्यका लागि तयारी थालिएको हो । शुक्रबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी मनसुनजन्य तथा अन्य विपदको प्रतिकार्यका लागि कार्ययोजना निर्माण गरि तयारी थालिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिले गएको पुष देखि हाल सम्म जिल्लामा विभिन्न विपदका घटनामा भएको क्षति मुल्याङ्कन गर्दै राहात मापदण्ड अनुसार विपद प्रभावित व्यक्ति तथा परिवारहरुलाई राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ । यस अवधिमा आगोले जलेर घाइते भएका २ जना, आगोलागि भई घरमा क्षति भएका २ परिवार र रुख ढलेर घर भत्केका ३ परिवारलाई राहत दिने निर्णय गरिएको हो ।

यासका साथै खोज तथा उद्धार सामाग्रीहरुको अध्यावधिक गर्ने, जिल्ला स्थित खुल्ला ठाउँ र हेलिप्याडहरुको पहिचान गर्ने निर्णय समेत गरिएको छ । जिल्लामा मानवीय तथा प्राकृतिक कारणले विभिन्न आगलागीका घटना बढ्नुका साथै अव्यवस्थित सडकहरुले सडक दुर्घटना, बाढी, पहिरो लागयतका विपदको जोखिम कायम छ ।

प्रतिक्रिया