२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

मन्त्री भण्डारीले गृहजिल्ला भ्रमणका क्रममा हिजो के बोले ?

SansherOnline SansherOnline
शुक्रबार ०४, जेठ २०८१ १०:१६
मन्त्री भण्डारीले गृहजिल्ला भ्रमणका क्रममा हिजो के बोले ?

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको दागडाकेदारको फास्फोराइड खानी उत्खनन् र सुदूरमा भएका चिउरी, टिमुर लगायत जडीबुटीजन्य उद्योग संचालन आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । गृहजिल्ला भ्रमणका क्रममा बैतडी पुग्नुभएका भण्डारीले जिल्लामा आयोजित सबै कार्यक्रमहरुमा यसलाई प्राथमिकतामा राखेर मन्तव्य राखेका छन् ।

मन्त्री भण्डारीले बैतडीको प्रतिनिधिका हिसाबले यहाँको सडक संजाल लगायत जनजिविकाका सवालमा समेत आफु जिम्मेवार भएर काम गर्ने बताएका छन् । जुलाघाटमा मोटरेवल पुल निर्माणका लागि समेत आफुले पहल गरिरहेको उहाँको भनाई थियो । यस्तै मध्यमहाडी लोकमार्गमा आयआर्जका कार्यक्रमहरुलाई प्राथमिकता दिई पहाडबाट तराईँमा हुने बसाई–सराईलाई कम गर्ने योजना रहेको समेत उल्लेख गरेका छन् । जनताले महसुश गर्ने गरी काम अघी बढाउने उहाँको भनाई थियो ।

बैतडीको देहीमाडौँमा बिहीवार अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले अहिलेको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताउनुभयो।

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउँदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमइ ग्रुपसंग छलफल भइरहेको बताउनुभयो।

प्रतिक्रिया