२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

खुला महिला –पुरुष भलिबल प्रतियोगिता हिजो बाट शुरु

SansherOnline SansherOnline
शुक्रबार ०४, जेठ २०८१ ०८:०८
खुला महिला –पुरुष भलिबल प्रतियोगिता हिजो बाट शुरु

बैतडी : बैतडीमा बृहत खुला महिला-पुरुष भलिबल प्रतियोगिता हिजो बाट शुरु भएको छ । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा संघिय सरकारका उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले प्रतियोगिताको समुद्दघाटन गरेका छन् ।

खेलकुद महासंघ बैतडीले आयोजना गरेको प्रतियोगितामा बोल्दै मन्त्री भण्डारीले आफु जिम्मोवारीमा रहन्जेल सम्म बैतडेली जनताको शिर ननिहुरनेगरि काम गर्ने वताउनु भयो । उनले भने “मैले पहिलेपनि छोटो समयका लागि यसै मन्त्रालयको जिम्मेवारी पाएको थिए तर कामभने गर्न पाएन । अव जती समयका लागि मन्त्रालयको जिम्मेवारीमा वसिन्छ त्यो समयभित्र मन्त्रालयबाट गरिने सबै कामहरु अगाढी बढाउने छु” । नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा शुरु भएको प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १४ टीम गरी २४ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैयाँ रहेको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ । महिला र पुरुष टीमलाई पुरस्कार राशी सामान राखिएको खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताउनु भयो ।

प्रतिक्रिया