२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा हुने महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको आज ट्रफी सार्वजनिक, जेठ ३ गते देखि खेल सञ्चालन

SansherOnline SansherOnline
मङ्गलबार ०१, जेठ २०८१ ०९:२८
बैतडीमा हुने महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको आज ट्रफी सार्वजनिक, जेठ ३ गते देखि खेल सञ्चालन

बैतडी : बैतडीमा बिहीबार अर्थात जेठ ३ गते देखि सञ्चालन हुने बृहत अन्तरपालिकास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा हुने प्रतियोगिताको ट्रफी आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा सञ्चालन हुने पालिकास्तरीय खुला महिला –पुरुष भलिबल प्रतियोगितामा शिवनाथ गाउँपालिका बाहेक जिल्लाका ९ ओटा पालिकाका टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिलातर्फ १० र पुरुषतर्फ १४ टीम गरी २४ टिमले प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खुलकुद महासंघका बैतडीका इन्चार्ज मनोज ठकुराठीले जानकारीले बताउनुभयो।

पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट महिला र पुरुषका दुई÷दुई ओटा टीम सहभागिता जनाउने ठकुराठीले जानकारी दिए । यस्तै मेलौली र सुर्नयाबाट पनि पुरुषतर्फ दुई ÷दुई टोलीले सहभागिता जनाउने बताइएको छ ।

खेल तालिका भोलि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

बृहत अन्तरपालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगिताको उद्दघाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिताको उद्दघाटन सत्रमा बैतडीमा जन्मिएका कलाकारहरुले आ–आफ्नो प्रस्तुती राख्ने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया तय गरिएको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको भने तेस्रो पुरुस्कार ४४ हजार ४४रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ । महिला र पुरुष टीमलाई पुरस्कार राशी सामान राखिएको खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरुस्कारको व्यवस्था गरिएको छ । नगद पुरुस्कारको साथमा मेडल र ट्रफी पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको अध्यक्ष चन्दले बताउनुभयो।

प्रतिक्रिया