२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

बैतडीका युवकको मलेसियामा मृत्यु

SansherOnline SansherOnline
सोमबार ३१, बैशाख २०८१ ०३:३४
बैतडीका युवकको मलेसियामा मृत्यु

बैतडी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका वडा न १ का ३२ वर्षीय दिपक सिंह सिंह नायक रहेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा रहेका उनको आईतबार मृत्यु भएको हो।

कोठामा सुतिरहेको अवस्थामा विद्युतको तार सर्ट भई मृत्यु भएको जानकारी आएको उनका आफन्त नरेश सिंह नेगीले बताउनुभयो। मृतक नायक विगत नौ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।

नायकको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त नेगीले बताउनुभयो। 

प्रतिक्रिया