२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

नेपाली बजारमा आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SansherOnline SansherOnline
सोमबार ३१, बैशाख २०८१ ०२:१७
नेपाली बजारमा आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको हो ।

यो संगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया