२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

पुर्चाैडी,सुर्नया,सिगासको साझा बजार ढोल्यामोड खाली गर्न भन्दै सूचना जारी भएपछि,व्यावसयी अचम्मीत

SansherOnline SansherOnline
आइतबार ३०, बैशाख २०८१ १०:०६
पुर्चाैडी,सुर्नया,सिगासको साझा बजार ढोल्यामोड खाली गर्न भन्दै सूचना जारी भएपछि,व्यावसयी अचम्मीत

बैतडी : बैतडीको पुर्चाैडी,सुर्नया,सिगासको साझा बजार ढोल्यामोड बजार अतिक्रमीत वन क्षेत्रमा बनाएको भन्दै खाली गर्न सूचना जारी गरेपछि उठिबास लगाउन लागेको भन्दै व्यावसयी सशंकित भयका छन । डिभिजन वन कार्यालय बैतडीले सार्वजनिक वन क्षेत्रमा संरचना निर्माण गरिएको भन्दै हटाउन सूचना जारी गरिएको हो । 

४० वटा संरचनाहरु ढोल्यामोडमा अतिक्रमित क्षेत्रमा बनेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए । ती सबै हटाउन भन्दै वैशाख १५ गते नै सूचना टास गरेको थियो । पसलहरु सबै वन अतिक्रमित गरेर बनाएको रहेछ । सबै हटाउन भनेका छौँ,’ वन कार्यालय बैतडीका प्रमुख यादवले भने ।  

ढोल्योमोड बजार पुर्चाैडी नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा पर्ने बजार हो । पुर्चाैडी–६ र सुर्नया–८ को सिमानामा पर्ने यो बजार क्षेत्रमा पुर्चाैडीतर्फ बसन्त हरियाली सामुदायिक वन छ भने सुर्नया–८ तर्फ राष्ट्रिय वन छ । 

३० वर्ष पहिलेदेखि विस्तार गरिदै आएको बजार क्षेत्र अतिक्रमित क्षेत्रमा बनेको र हटाउन भन्दै सूचना जारी गरिएपछि ढाल्यामोडका व्यापारीहरु सशंकित बनेका छन् । यतिका वर्षसम्म राज्यका निकायबाट सेवा सुविधा पाएको र व्यापार क्षेत्र स्थापना गरी व्यावसाय गर्ने थालोको रुपमा विकास गरिएको बजार एक्कासी हटाउन भनेपछि अचम्मीत बनेको व्यापारी प्रजापती मडैले बताए । व्यापारीहरुले वर्षाैदेखिको व्यापार गर्ने क्षेत्रलाई हटाउन नहुने माग गर्दै डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।  

ढोल्यामोड बजारमा दर्ता भएका पसलहरुबाट सरकारी तथा गैह्र सरकारी कार्यालयहरुबाट बेलाबेला सेवा सुविधा लिइसकेका छन् । बजारका व्यावसायी तथा घरधनीहरुले पसलहरु दर्ता गर्दा साविकको गाविस र हालको वडा कार्यालय हुदै स्थानीय तहबाट व्यवस्थीत बसोबासीको रुपमा विकास गर्न भन्दै भूमि आयोगमा सिफारिस गरिसकिएको छ ।  

 

 

प्रतिक्रिया