२०८१ जेठ ०७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको पञ्चेश्वरमा कक्षा १२ मा अध्ययनरत किशोरी मृत फेला

SansherOnline SansherOnline
बिहिबार २७, बैशाख २०८१ १२:२६
बैतडीको पञ्चेश्वरमा  कक्षा १२ मा अध्ययनरत किशोरी मृत फेला

बैतडी : बैतडीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ बर्षीया रेश्मा कुमारी धामी मृत फेला परेकी हुन् । झुण्डिएको अवस्थामा बुधबार दिउँसो १२ बजेतिर घरको भित्र धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

धामीले किन आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

धामी जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत थिइन्। 

प्रतिक्रिया