२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाल घुम्ने साइकल यात्री बैतडीमा

SansherOnline SansherOnline
मङ्गलबार १८, बैशाख २०८१ ०८:१५
नेपाल घुम्ने साइकल यात्री बैतडीमा

बैतडी : एक जना देशको ७७ जिल्ला साईकलमा यात्रा गर्ने यात्री  बैतडी आई पुग्नु भएको छ । देशका नागरिकहरूलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारलाई माग राख्दै ती साईकल यात्रु बैतडी आई पुगेका हुन । 

उनले देशका सवै गरिव, निमुखा, अनाथ, असाहय, हिंसा पिडित बालबालिका, दलित तथा आकस्मिक विपदका घटनामा परेकाहरूलाई निशुल्क शिक्षा, स्वास्थ्य सहज र निशुल्क रुपमा उपलब्ध गराउन सरकारलाई दबाव दिन साईकल यात्रा आफुले निस्केकोे बताए। 

त्यसैगरी आकस्मिक रुपमा बिपदमा परेका नागरिकलाई उद्धार कार्य गर्न निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्थाका लागि पनि देशका ७७ वटै जिल्लामा पुगेर सरकारलाई दबाब दिने उनले बताए। यो साईकल यात्रालाई २०७७ सालमा कुईकेलले सुरु गरेको भएपनि प्राबिधिक कारणवस रोक्नु परेको थियो । 

यसरी साईकलमा देशको यात्रा गर्ने यात्रीमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती नगरपालिका– ४ को नबलपुरका माधव प्रसाद कुईकेल रहेका छन् ।  कुइकेल बैतडीको यात्रा सकेर आज दार्चुला जाने छन् ।

 

प्रतिक्रिया