२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

बैतडीको दोगडाकेदारमा साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी गरिने

SansherOnline SansherOnline
शनिबार १५, बैशाख २०८१ १२:२१
बैतडीको दोगडाकेदारमा साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी गरिने

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल(भारत काव्य गोष्ठी हुँदै छ। राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्धनमा यही वैशाख १८ र १९ गते खोचलेकमा सम्मेलन तथा गोष्ठी हुँदै छ। 

सम्मेलनमा नेपाल-भारतका साहित्यकार र कविहरूको सहभागिता रहने राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए। 

स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन समारोहमा स्थानीय छलिया नृत्य, सगुन र फागलगायत स्थानीय कला संस्कृतिको पनि प्रस्तुति रहनेछ।

सम्मेलनमा  नेपाल र भारतका १०० भन्दा बढी लेखक र साहित्यकार सहभागी हुनेछन्।

प्रतिक्रिया