२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

एसीसी प्रिमियर कप : यूएईसँगकाे सेमिफाइनलमा नेपालले टस हार्‍याे

SansherOnline SansherOnline
शुक्रबार ०७, बैशाख २०८१ १२:१२
एसीसी प्रिमियर कप : यूएईसँगकाे सेमिफाइनलमा नेपालले टस हार्‍याे

काठमाण्डाै : एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ राजेपछि नेपालले पहिला ब्याटिङकाे निम्ताे पाएकाे छ । 

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो । यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

यस्ताे छ नेपाली टाेली 

राेहित पाैडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अबिनाश बाेहरा, गुल्सन झा, सन्दीप जाेरा, साेमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजवंशी । 

प्रतिक्रिया