२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

सुर्नयामा डेरा गरि बस्दै आएका एक पुरुष मृत फेला

SansherOnline SansherOnline
बिहिबार ०६, बैशाख २०८१ ०८:५०
सुर्नयामा डेरा गरि बस्दै आएका एक पुरुष मृत फेला

बैतडी : बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–८ ढोलेमा ४५ वर्षिय पुरुष मृत फेला परेका हुन् ।

डेरा गरि बस्दै आएका सडक खण्डमा काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका मजदुर पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्ष खेमविक्रम केसीले जानकारी दिए ।

बुधवार राति खाना आएर सुतेका उनि बिहीवार बिहान ६ बजे मृत अवस्थामा फेला परेका बताइएको छ । मृतक धोबीको शव पोष्टमार्टमा लागि डडेल्धुरा अस्पतला लगिएको प्रहरी प्रवक्ता केसीले बताए ।

 घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया