२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

सिगासकी देबकीले काठमाडौंमा ३००० मिटर दौड १० मिनेट ५२.८२ सेकेन्डमै पार गरी ,सुदूर प्रथम

SansherOnline SansherOnline
बिहिबार ०६, बैशाख २०८१ ०६:५८
सिगासकी देबकीले काठमाडौंमा ३००० मिटर दौड  १० मिनेट ५२.८२ सेकेन्डमै पार गरी ,सुदूर प्रथम

बैतडी : काठमाडौंमा जारी १४ औं केन्द्र स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्स तर्फको ३००० मिटर दौडमा सुदूरपश्चिम प्रथम भएको छ । बैतडी बाट सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै  सिगास गाउँपालिकाकी देबकी कुमारी धामीले ३००० मिटर दौड १० मिनेट ५२.८२ सेकेन्डमा पार गर्दै देबकी प्रथम बनेकी हुन । 

देवकी सिगासको शिवलिङ्ग मावि धौलाडीमा अध्ययनरत छन् । उनि गाउँमै हुर्किएर गाउँमै पढिरहेकि छन्।उनलेे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय हुदै जिल्ला र प्रदेशमा प्रथम स्थान हासिल गरे पछि केन्द्रीय स्तरीय प्रतियोगिताको लागि छनौट भएकि थिइन।

दुर्गम सिगासमा जन्मिएकि देवकीले दौड रेकर्ड राख्न सफल भएकी छन । 

प्रतिक्रिया