२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीमा भतिजीलाई करणी गरी हत्या गर्ने काका पक्राउ

SansherOnline SansherOnline
मङ्गलबार ०४, बैशाख २०८१ १२:४३
बैतडीमा भतिजीलाई करणी गरी हत्या गर्ने  काका पक्राउ

बैतडी : बैतडीमा भतिजीलाई करणी गरी हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् । पुचौँडी नगरपालिकाका ३० वर्षीया पुरुषलाई पक्राउ गरेको छ । १७ वर्षीया बालिकालाई हाडनाता करणी गरी हत्या गरेको आरोपमा निजलाई बैशाख ३ गते इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सरोज कुमार ठकुराठीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

विवाहित बालिका चैत्र २६ गते हराएकी थिइन् । बालिकाका माइती पक्षले बालिका हराएको जाहेरी दिएपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको थियो । बालिकाको शव पुचौँडी नगरपालिका– ४ स्थित रातोमाटी जंगलमा चैत्र २९ गते फेला परेको थियो । बालिकाका पेटमा अन्दाजी १८ हप्ताको गर्भ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक गीरीले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले बालिकालाई पटक-पटक करणी गर्दै आएको र गर्भ रहेपछि गर्भ फाल्न समेत समय पुगिसकेकाले बालिकालाई जंगलमा बोलाई ढुंगा प्रहार गरि हत्या गरेको बुझिएको छ ।

मृतक बालीकाका श्रीमान २०८० साल साउन महिना देखी भारतमा रोजगारीको लागी गएको बुझिएको छ । आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताउनुभयो ।

 

प्रतिक्रिया