२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

आज चैतेदशैँ : प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा आराधना गरी मनाइँदै, पशुबलि सहितको आज भव्य जात्रा

SansherOnline SansherOnline
मङ्गलबार ०४, बैशाख २०८१ ०९:१६
आज चैतेदशैँ : प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा आराधना गरी मनाइँदै, पशुबलि सहितको आज भव्य जात्रा

बैतडी : आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ  बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य  जात्रा लागेको  छ।  जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैंको अवसर पारेर आज भव्य जात्रा लागेको  हो । 

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। 

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त  भट्ट बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मदिरा बिक्री वितरण, सेवन र जुवातास खेल्न पुर्ण रुपमा रोक लगाएको छ। जुवा तास र मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भन्दै  मेला स्थल आसपासका क्षेत्रलाई  मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला ब्याबथापन समितिका अध्यक्ष बोहराले बताए । 

कसैले मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा ५ हजार जरिवानासहित मदिरा समेत जफत गरिने मेला ब्याबथापन समितिले जनाएको छ। यसका साथै जुवा खेले वा खेलाएमा ५ हजार रुपैयाँ र खुल्ला दिशा पिसाब पनि गरेको पाईएमा १०० रुपैयाँ जरिवाना गरिने बताइएको छ। 

 

 

प्रतिक्रिया