२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

SansherOnline SansherOnline
सोमबार ०३, बैशाख २०८१ ०९:१०
बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो । अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

प्रतिक्रिया