२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

मालपोत कार्यालय बैतडीमा सेवाग्राही सम्मानित

SansherOnline SansherOnline
आइतबार ०२, बैशाख २०८१ ०६:३०
मालपोत कार्यालय बैतडीमा सेवाग्राही सम्मानित

 बैतडी : मालपोत कार्यलय  बैतडीले आज नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर १ सय २ वर्ष  पुरा भएको अवसरमा सेवाग्राहीलाई सम्मान गरेको छ । 

लिखित रजिस्ट्रेशन पारित भएको १ सय २ वर्ष पुराभएर १ सय ३  वर्षमा प्रवेश गरेको अवसरमा  मालपोत कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही दशरथचन्द नगरपालिका वडा नं ५  का नागेन्द्र प्रशाद  भट्टलाई सम्मान गरेको हो । 

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका  कार्यालयहरुमा तीन दिने  कार्यक्रम गर्न गरिएको पत्राचार अनुसार बैतडीमा पनि कार्याक्रम गरिएको मालपोत कार्यलय  बैतडीले जानकारी गरायको छ  ।

प्रतिक्रिया