२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

दुर्घटनामा घाईते डडेल्धुराका बिक्की,उपचारकै क्रममा अस्ताए

SansherOnline SansherOnline
आइतबार ०२, बैशाख २०८१ ०५:५६
दुर्घटनामा घाईते डडेल्धुराका बिक्की,उपचारकै क्रममा अस्ताए

बैतडी : डडेल्धुरामा दुर्घटनामा परि घाईते भएका विक्रम(बिक्की) ऐरको मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका- २ स्थायी घर भइ हाल अमरगढी–५ बस्ने ऐरको २६ बर्षकै उमेरमा निधन भएको हो ।

गत चैत २० गते दिउँसो महेन्द्रनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको ट्रकले मोटरसाइकलमा पेट्रोल हाल्न अमरगढी–१ ढुनढुनेतर्फ जाँदै गरेका उनलाई ठक्कर दिएको थियोे । दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । तर, अस्पतालले अर्को दिन रेफर गरेपछि उनको उपचार हाल कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो । 

उपचारकै क्रममा चैत २१ गते उनको पहिलो चरणमा खुट्टाको शल्यक्रिया भएको थियो । त्यस्तै चैत २६ गते उनको हातको पनि शल्यक्रिया गरिएको थियो । दुई शल्यक्रियापछि विक्रम बाँच्ने आश पलाएपछि बुवा विरबहादुर ऐरले आफ्ना देवताप्रति आभार प्रकट गर्दै फेसबुकमा पोष्ट शेयर गरेका थिए ।

टाउकोमा रगत जमेका कारण अस्पतालमै ढलेका उनको निधन भएको छ । मायामेट्रोका चिकित्सकले टाउकोमा रगत जमेकै कारण विक्रमको मृत्यु भएको बताएका छन् । उनको शव पोष्टमार्टमपछि गृहजिल्ला डडेल्धुरा ल्याउने तयारी छ ।

विक्रमका बुवासहित घरमा आमा र एक दाई छन् । विवाहित विक्रमका एक छोरा पनि छन् ।

प्रतिक्रिया