२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीको सन्सेरीमाण्डौमा लागेको जात्रा सम्पन्न

SansherOnline SansherOnline
शनिबार ०१, बैशाख २०८१ ०५:४५
बैतडीको सन्सेरीमाण्डौमा लागेको जात्रा सम्पन्न

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौमा लाग्ने बिसु मेला सम्पन्न भएको छ। नयाँ वर्षको पहिलो दिन यहाँ बिसु पर्वका रुपमा धुमधाम संग मनाउने गरिन्छ । सोही अवसरमा सन्सेरीमाण्डौमा प्रत्येक वर्ष लाग्ने बिसु मेला आज वैशाख १ गते सम्पन्न भएको  हो । 

परापूर्व काल देखि नै सुर्नयाको सनसेरीमाण्डौँमा नयाँ वर्ष  अर्थात  बिसु पर्वका दिन  मेला लाग्दै  आएको  छ ।  सनसेरीमाण्डौँमा लागेको मेलामा दर्शनार्थीहरुको घुइचो लाग्ने गरेको स्थानीयले बताए ।   

सनसेरीमाण्डौँ बजारसम्म अहिले यातायातको सुविधा भएकाले पनि  टाढाटाढाबाट समेत  दर्शनार्थीहरु आउने गरेका स्थानीयहरुको  भनाई  छ । 

 

प्रतिक्रिया