२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

आजदेखि नयाँ वर्ष २०८१ शुरु, सुदूरपश्चिममा बिसु पर्वको रौनक

SansherOnline SansherOnline
शनिबार ०१, बैशाख २०८१ ०८:१२
आजदेखि नयाँ वर्ष २०८१ शुरु, सुदूरपश्चिममा बिसु पर्वको रौनक

बैतडी : आज विक्रम सम्वत २०८१ को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । यस्तै सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् ।

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु र्फकने गर्दछन् । बिसु पर्वमा मिठा, मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ । यस दिन सुदूरका बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ ।

प्रतिक्रिया