२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

पुर्चौडी बहुमुखी क्याम्पसको शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
बुधबार २८, चैत २०८० ०४:२३
पुर्चौडी बहुमुखी क्याम्पसको शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रम सम्पन्न

बैतडी : स्वतन्त्र विद्यार्थी युनियन पुर्चौडी बहुमुखी क्याम्पसले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन सभापति बागमती ऐरको अध्यक्षता एवम् क्याम्पस प्रमुख राम दत्त जोशीको प्रमुख आतिथ्यता तथा सहायक क्याम्पस प्रमुख गोबिन्द प्रशाद अवस्थी आतिथ्यतामा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै क्याम्पसमा अध्ययनरत चौथो बर्षका विद्यार्थीलाई बिदाइ समेत गरिएको थियो । 

प्रमुख अतिथि जोशीले क्याम्पस सुधारका लागि विद्यार्थीको भौतिक, नैतिक सहयोग आवश्यक रहने बताए । बिदाई भएर जाँदै गरेका चौथो वर्षका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रममा बोल्दै पुर्चौडी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सभापति बागमती ऐरले क्याम्पसको शैक्षिक सुधारसँगै विद्यार्थीको हकहितका लागि आफूहरू सक्रिय रूपमा लागिरहेको बताए । विद्यार्थीहरूलाई टिका र फूलमाला सहित बिदाई गरिएको छ ।

उक्त  कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए  । विभिन्न विद्यार्थीहरूले पुर्चौडीको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए ।

प्रतिक्रिया