२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

उदयदेव सहकारीको पहिलो उत्पादन 'चामल' सस्तो मूल्यमा आयो बजारमा , बैतडी र डडेल्धुरामा पनि पुगाउने लक्ष्य

SansherOnline SansherOnline
मङ्गलबार २७, चैत २०८० १०:०८
उदयदेव सहकारीको पहिलो उत्पादन 'चामल' सस्तो मूल्यमा आयो बजारमा , बैतडी र डडेल्धुरामा पनि पुगाउने लक्ष्य

गौरव चन्द- बैतडी : सुदुरपश्चिम प्रदेशको अग्रणी सहकारी संस्थाको रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिकामा साखा कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनै उद्योगमा उत्पादित चामल बजारमा ल्याएको छ । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्पादन गरेको चामल बजारमा बिक्री वितरण शुरु गरेको हो ।

एक वर्ष अघि मात्रै उदयदेव बहुउद्देश्यीय सहकारीले कञ्चनपुरको केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १९ बागफाँटामा चामल उद्योग स्थापनाका लागि प्रशोधन उद्योग खोलेको थियो । 

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले सहकारीले सञ्चालन गरेको उदयदेव प्रशोधन केन्द्र मिलबाट उत्पादन गरिएको चामल बिक्री वितरण शुरु गरिएको बताए । उनका अनुसार कञ्चनपुरको महेन्द्रनगर केन्द्रीय कार्यालय नजिकै खाद्यान्न बिक्री केन्द्र सञ्चालन गरेर बिक्री वितरण गरिएको बताए ।

यस पटकको धान सिजनमा २ हजार ३५८ क्विन्टल धान खरिद गरेर चामल उत्पादन गरेर बिक्री शुरु गरिएको बताए । ‘सरकारले तोकेकै सर्मथन मूल्य प्रतिकिलो ३२ रुपैयाँमा हामीले किसानबाट धान खरिद गरेका थियौँ, ‘उनले भने, ‘त्यही धान हामीले प्रशोधन गरेर चामल उत्पादन गरेका छौँ ।’ बजारमा मध्यम मोटा चामलको न्यूनतम ६० रुपैया किलो भएपनि उदयदेवले प्रतिकिलो ५३ रुपैयाँका दरले बिक्री वितरण गरिरहेको बताए ।

‘एक किलो चामल उत्पादनमा ५८ रुपैयाँ लागत लाग्दैछ, ‘उनले भने, ‘तरपनि हामीले किसान र उपभोक्ताको माग अनुरूप लागत भन्दा कम मूल्यमा चामल बेचिरहेका छौँ, हामीलाई ब्रान र भुषाबाट मेकअप हुन्छ ।’ अहिले २५ किलोको बोरा बनाइएको छ, भने भावी दिनमा ५० किलोको बनाइने छ । 

प्रतिक्रिया