२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बिशु पर्व मनाउन घर फर्कंदै,गोठालापानिमा भीड

SansherOnline SansherOnline
सोमबार २६, चैत २०८० ०६:५८
बिशु पर्व मनाउन घर फर्कंदै,गोठालापानिमा भीड

बैतडी : भारतसित सीमा जोडिएका नाकाहरूमा नयाँ वर्षको पर्व बिशु मनाउन घर फर्कने बढेका छन् । यतिबेला बैतडीको झुलाघाट नाकाबाट विशु पर्व मनाउन धमाधम घर फर्किरहेका हुन् । सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिशु पर्व धुमधामसाथ मनाउने गर्छन् । एक सातादेखि बिशु मनाउन घरबाहिर रहेका आफन्तहरू फर्कन थालेका छन् । 

मजदुरी गर्न भारत गएका स्थानीय बिशु मनाउन स्वदेश फर्किरहेका छन् । घर आउनेहरूको भारतीय सीमानाका झुलाघाट र बैतडीको सदरमुकाम गोठालापानिमा भीड लाग्ने गरेको छ ।  

दैनिक १०० सय नागरिकहरु घर फर्किरहेको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक रुद्र सिंह धामीले जानकारी दिए । बैतडीसहित बझाङ, बाजुरा लगायतका मानिसहरु झुलाघाट नाकाबाट भित्रिने गरेको उनले बताए ।

जिल्लाका अन्य नाकाबाट धेरै संख्यामा विशु पर्वका लागि घर फर्किनेको लर्को लागेको छ । बिशु पर्वलाई धुमधामका साथ मनाइने भएको कारण परदेशबाट स्वदेश आएको सिगास गाउँपालिका ७ का स्थानीय रतनसिंह धामीले बताए । ‘वर्षभरि काम गरेर अहिले परिवारसँग भेटघाट र विषु पर्व मनाउन घर फर्किदै छौं, उनले भने ।  

प्रतिक्रिया