२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

अब रहेनन् प्रसिद्ध मेलौली भगवती मन्दिरका कालीगढ बिक

SansherOnline SansherOnline
सोमबार २६, चैत २०८० १२:१४
अब रहेनन् प्रसिद्ध मेलौली भगवती मन्दिरका कालीगढ बिक

बैतडी : सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर निर्माण गरेका मिस्त्री कालुराम बिकको ७८ वर्षको उमेरमा निधन भएको छ । बैतडीको मेलौली– २ कोल्माई घर भएका बिकको गत बुधबार उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि दम रोगले ग्रसीत उनको जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पताल लागेको २ घण्टापछि उनको निधन भएको उनका भाइ धनिराम बिकले जानकारी दिए ।

आधुनिक प्यागोडा शैलीमा विं.स. २०३६ देखि २०४४ सालसम्म मन्दिरको पुनः निर्माणकार्य गरिएको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले जानकारी दिए । 

अदभूत कला, सीप र दक्षताले भरिएका बिकले आकर्षक डिजाइनमा काठको भगवतीको मूर्ति, खोला, औजारले काट्न सकिने ढुंगाबाट कालिकाको मूर्तिलगायत अन्य थुप्रै चित्रकला प्रस्तुत गरेको दश वर्षको अवधीसम्म उनीसँगै काम गरेका मेलौली– १ का ८४ वर्षीय मिस्त्री रन्जित सिंह नेगिले जानकारी दिए ।

विं.स. २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रले दर्शनभेटका क्रममा उनको सीप र कला देखेर केही नगद पुरस्कारसहित सम्मानसमेत गरेका थिए ।

प्रतिक्रिया