२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा सञ्चारकर्मीहरुसँग एकदिने अन्तरक्रिया सम्पन्न

SansherOnline SansherOnline
आइतबार २५, चैत २०८० ०७:०५
स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा सञ्चारकर्मीहरुसँग एकदिने अन्तरक्रिया सम्पन्न

बैतडी : बैतडीमा आज सञ्चारकर्मीहरुसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा विश्व स्वास्थ्य दिवसको अवसर पारेर सञ्चारकर्मीसंग अन्तरक्रिया गरिएको हो ।  

अन्तरक्रियामा दशवटै पालिकाका स्वास्थ्यको अवस्था र पुर्वाधार,जनशक्तिका बारेमा पनि स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी गराए । 

स्वास्थ्यको अधिकार स्थानीय तहलाई दिएको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको सहभागीहरूले बताएका छन्। अन्तरक्रियामा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागीता रहेको थियो।

प्रतिक्रिया