२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको दशरथचन्द २७ वर्ष पुरा भइ २८बर्षमा प्रवेश ,दोस्रो स्थापना दिवस सम्पन्न

SansherOnline SansherOnline
आइतबार २५, चैत २०८० ०६:१०
बैतडीको दशरथचन्द २७ वर्ष पुरा भइ २८बर्षमा प्रवेश ,दोस्रो स्थापना दिवस सम्पन्न

बैतडी : दशरथचन्द नगरपालिका बैतडीले दोस्रो स्थापना दिवस मनाएको छ । नगरपालिका स्थापनाको २७ वर्ष पुरा भइ २८बर्षमा प्रवेश गरेको अवसरमा नगरपालिकाले शनिवार दोस्रो स्थापना दिवस मनाएको हो । नगरपालिका गतवर्षदेखि स्थापना दिवस मनाउँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि रहनुभएका शर्माले नगरपालिकालाई आर्थिक, भौतिक, सर्वांगीण विकास तथा उत्तरोत्तर प्रगतीको शुभाकामना व्यक्त गर्नुभयो ।

उहाँले नगरपालिकामा शुसासन कायम गर्ने सवालमा आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताउनुभयो । नगरपालिकाले ४ दिन सम्म विभिन्न कार्यक्रम गरि दिवस मनाएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले बताउनुभयो ।

नगरपालिको स्थापना दिवसमा बोल्दै नगर प्रमुख पुष्कर जोशी लख्खा भाईले जनचाहना अनुसार काम भैरहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य , खेल कुद जस्ता क्षेत्रहरुको विकासलाई प्राथमिकतामा राखेर काम भैरहेको दाबी गर्नुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै उप प्रमुख कौशिला चन्दले जनचाहना अनुसार नगरको विकास भैरहेको बताउनुभयो । अगामी दिनमा पनि नगरबासीलाई स्थानीय सरकारको आभास हुने गरेर काम गरिने उहाँको भनाइ छ ।

दिवसको अवसरमा वक्तित्वकला, सरसफाई तथा फलफुल वितरणका कार्यक्रम गरिएका थिए भने शनिबार सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको प्रमुख पशासकिउ अधिकृत जोशीले बताउनुभयो ।

नगरपालिकाको स्थापना दिवसमा जनप्रतिनिधि, कर्मचारी लगायत नगर भित्रका नागरिकहरुको सहभागिता रहेको थिया । नगरपालिकाले गतबर्ष पहिलो पटक स्थापना दिवस मनाएको थियो ।

प्रतिक्रिया