२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका कृयाशिल पत्रकार कृष्ण बिष्टलाई पितृ शोक

SansherOnline SansherOnline
शनिबार २४, चैत २०८० ०९:४१
बैतडीका कृयाशिल पत्रकार कृष्ण बिष्टलाई पितृ शोक

बैतडी : बैतडीका कृयाशिल  पत्रकार कृष्ण बिष्ट लाई पितृ शोक परेको छ । पाटन नगरपालिका १० पनाली घरभई  खोड्पेमा रहेको  रेडियो  सेभेनस्टारमा कार्यरत  कृष्णका बुवा मान बहादुरको विष्टको  ५२ वर्षको  उमेरमा ट्याक्टर दुर्घटनामा परि  निधन भएको हो । दुर्घटनाको समाचार संकलनका लागि गएका कृष्ण आफ्नै बुवाको शव देखेपछि भावविह्वल हुनुभएको थियो ।  

मानबहादुरको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल पत्रकार महासंघ बैतडी, प्रेश चौतारी जिल्ला शाखा बैतडी र प्रेस चौतारी प्रदेश कमिटीले सोक विज्ञप्ती जारी गरेका छन् । सोक विज्ञप्तीमा मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ । मृतक मान बहादुर काठको ठेकापट्टा गर्दथे ।

उनको सुर्नया गाउँपालिका क्षेत्रमा काम चलेको थियो । उता काठ पुगाएर आएको ट्याक्टरलाई मान बहादुर मोतिनगरमा पर्खिरहेका थिए । ट्याक्टर पर्खेका मान बहादुरलाई केहि व्यक्तिले अर्को गाडीमा जान समेत भने तर उनि ट्याक्टर लाई नै पर्खिरहे । अन्ततः राती १० बजेपछि ट्याक्टर आयो र उनि त्यसैमा बसे । ट्याक्टर जब झौलेकमा पुग्यो अकल्पनीय दुःखद घटना हुन पुग्यो ।घरको  मियो  ढलेपछि विष्ट परिवार अहिले शोक मग्न छ ।   

अहिले दुर्घटनामा मृत्यु भएका व्यक्तिहरु प्रति सबैले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । पत्रकार कृष्णका बुबाको  निधनले पनाली  गाउँ शोकमा डुबेको  छ । 

साघुरो सडकमा चालकले ट्याक्टर नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीलेजनाएको  छ । से २ त ३६७८ नम्बरको ट्याक्टर बिहिबार राती जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ झौलेकमा दुर्घटना परेको थियो ।

प्रतिक्रिया