२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीको झौलेक नजिकै ट्याक्टर दुर्घटना,दुई जनाको घटनास्थलमै मृत्यु

SansherOnline SansherOnline
शुक्रबार २३, चैत २०८० ०९:४७
बैतडीको झौलेक नजिकै ट्याक्टर दुर्घटना,दुई जनाको घटनास्थलमै मृत्यु

बैतडी : बैतडीमा  ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्नयाबाट खोड्पे  आउँदै   गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रबार विहान जयपृथ्वी राजारमार्ग अन्तगरगत बैतडीको पाटन ८ स्थित झौलेक नजिकै ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाटन १० बैतडीका मन्धीर बिष्ट र टयाक्टर चालक समेत रहेका कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेकाछन् । 

से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

प्रतिक्रिया