२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

दशरथचन्द नगरपालिकाको दोस्रो नगरपालिका स्थापनाको पूर्व सन्ध्यामा सरसफाई

SansherOnline SansherOnline
बिहिबार २२, चैत २०८० ०७:३५
दशरथचन्द नगरपालिकाको दोस्रो नगरपालिका स्थापनाको पूर्व सन्ध्यामा सरसफाई

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाको दोस्रो नगरपालिका स्थापनाको पूर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरेको छ । नगरपालिकाको स्थापना दिवसको अवषरमा मुस्याचौर, देहिमाण्डौ बजार र निंगलासैनी मन्दिर परिसरमा सरसफाई गरिएको नगरपालिकाका सुचना अधिकारी राजेन्द्र विष्टले बताउनु भयो ।

कार्यपालिका बैठकले निर्धारित गरेको समयतालिका अनुसार सरसफाई गरिएको हो । नगरपालिका स्थापना दिवसको अवषरमा विद्यालयमा बकृत्वकला, सरसफाई विरामी र कैदीवन्दीहरुलाई फलफूल वितरण, शहिद दशरथचन्दको शालीकमा मल्यापर्ण कार्यक्रम र २४ गते विविध कार्यक्रमका साथ स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ ।

दशरथचन्द नगरपालिकाको स्थापना भएको २७ वर्ष पुरा भई २८ औँ वर्षमा प्रवेस गरेपनि दिवस मनाउन सुरु गरेको दोस्रो बर्ष भएकाले दोस्रो नगरपालिका स्थापना दिवस भनिएको सुचना अधिकारी विष्टको भनाई छ । नगरप्रमुख पुष्कर राज जोशीको नेतृत्वमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधी मिलेर सरसफाई गरिएको थियो ।

प्रतिक्रिया