२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक पहिलो पटक

SansherOnline SansherOnline
मङ्गलबार २०, चैत २०८० ०४:२४
बैतडीमा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक पहिलो पटक

बैतडी : बैतडीमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् । शैक्षिक सत्र २०८१ का लागि जिल्लामा पाठ्यपुस्तक पुगिसकेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जिल्लाका पुस्तक विक्रेताहरुसँग पाठ्यपुस्तक पुगेका बताए । शाहीलेकस्थित जगन्नाथ पुस्तक भण्डारका सञ्चालक जनक भट्टले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराइसकेको बताए । उनले पहिलो पटक शैक्षिक सत्र सुरु हुनु अगाडि पाठ्यपुस्तक उपलब्ध भएको बताए ।

बैतडीमा ५ सय ३९ ओटा सामुदायिक विद्यालय छन् भने कक्षा १ देखि १० सम्म ६७ हजार ६४६ जना विद्यार्थी रहेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक विक्रेतासँग पुगिसकेका हुन् ।

प्रतिक्रिया