२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनमा सहमति

SansherOnline SansherOnline
सोमबार १९, चैत २०८० ०८:४८
सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनमा सहमति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए ।

बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको जनाएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारी हुन् ।

बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो ।

बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । यससँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।

जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया