डडेल्धुरा : चोरी गरेको आरोपमा बैतडीका गोरखबहादुर चन्द डडेल्धुरामा पक्राउ परेका छन् । चन्दको घर मेलौली नगरपालिका–९ रोकटा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी करवीर सिंह ऐरले जानकारी दिए ।
जिल्लाको भागेश्वर गाँउपालिका–३ तल्लो चौराहा लामिकाण्डेका ३९ वर्षीय हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ऐरले बताए ।
पसलको मूलढोकामा लगाएको कुण्डी र ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए। तर, प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो।
डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ। चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए। उनले छुटेकै दिन चोरी गरेका हुन्।
प्रतिक्रिया