२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा बढ्दो आत्महत्याको दरले विकराल रुप लिँदै ,एक हप्तामा ३ जनाले आत्महत्या गरे

SansherOnline SansherOnline
आइतबार १८, चैत २०८० ०८:२१
बैतडीमा बढ्दो आत्महत्याको दरले विकराल रुप लिँदै ,एक हप्तामा ३ जनाले आत्महत्या गरे

बैतडी : बैतडीमा आत्महत्याका घटना न्यूनिकरणमा कुनै पनि उपलब्धि हासिल हुन नसकेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा आत्महत्या रोकथामका लागि केहि प्रयास भएपनि घटना न्यूनिकरण भने हुन नसकेको हो । यस्तो बढ्दो आत्महत्याको दरले विकराल रुप लिँदै गएको छ । 

बैतडीमा पछिल्लो एक हप्तामाको मात्रै  तथ्याङ्कलाई हेर्दा ३ जना किशोरीले झुण्डिएर आत्महत्या गरेको तथ्यांक बाहिर आएको छ । आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । 

बैतडी प्रहरीका अनुसार हरेक बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । यसमा किशोरावस्थामा मानिसहरु झन् बढीरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

गत आर्थिक बर्ष २०७९÷८० मा १० पुरुष ११ महिला गरी झुण्डिएर आत्महत्या गर्नेको संख्या २१ रहेको छ भने सोही बर्ष बिष सेवन गरेर २ पुरुष र ३ महिला गरेर ५ जनाले देहत्याग गरेको प्रहरीको तथ्यांक छ । 

चालु आर्थिक बर्षको अहिलेसम्म १३ पुरुष र १२ महिला गरी २५ जनाले झुण्डिएर आत्महत्या गरिसकेका छन् भने बिष सेवनबाट एक÷एक महिला र पुरुष गरी दुईजनाको ज्यान गइसकेको छ ।  

सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, माया प्रेम, कुलत लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केसीले बताए ।  

मानिसहरु मानसिक र आध्यात्मिक रुपमा स्वस्थ्य भए मात्र आत्महत्या जस्ता घटनाहरु कम हुँदै जाने सरोकारवालाहरुले बताउनु भयो । आमा समूह, विद्यार्थी, युवा समूह, ज्येष्ठ नागरिकहरुमा पनि मानसिक समस्या हुने हुँदा उनीहरुको कुरा जिम्मेवार व्यक्तिले समय निकालेर सुनिदिएमा पनि आत्महत्या जस्ता परिस्थिति सिर्जना नहुने उहाँको भनाई छ । 

प्रतिक्रिया