२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा सुर्तीजन्य वस्तु सार्वजनिक स्थलमा बेचविखन गरे कारबाही

SansherOnline SansherOnline
शनिबार १७, चैत २०८० ०७:४३
बैतडीमा सुर्तीजन्य वस्तु सार्वजनिक स्थलमा बेचविखन गरे कारबाही

बैतडी : बैतडी जिल्लाका सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बेचविखन गरे कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्व र जिल्ला स्वाथ्य कार्यालय बैतडीको संयुक्त अनुगमन टोलीले जिल्लाका सार्वजनिक स्थलका पसलमा सुर्तीजन्य पदार्थ विक्रिवितरण र सेवनको अवस्था बारेमा अनुगमन गरेको छ ।

अनुगमन टोलीले सार्वजनिक स्थानहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन नगर्न निर्देशन समेत दिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले बताउनु भयो ।

यस्तै अनुगमन टोलीले होटेल रेस्टुरेन्टमा खुल्ला रुपमा चुरोट र सुर्तीजन्य पदार्थ विक्रिवितरण नगर्न र धुम्रपान निषेधित क्षेत्र भनेर भित्तामा लेख्ने वा धुम्रपान निषेधित क्षेत्र लेखेको पर्चा टास्न निर्देशन समेत दिएको छ ।

पहिलो पटक सम्झाएको र दोस्रोपटक कारबाही गरिने अनुगमन टोलीका संयोजक एवम साहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले बताउनु भयो । अनुगमनमा साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरुक्षा निकायका प्रमुख र सरोकारवालाहरु रहेका थिए ।

प्रदेस सरकारको बार्षिक स्वीकृत कार्यक्रम अनुसार सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण सम्बन्धि ऐन निमावली र निर्देशिका अनुसारको कार्यक्रम अनुसार अनुगमन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया