बैतडी : बैतडीमा हराएका दुई दाजुभाइ पाँचदिनपछि फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–४ का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका हुन् । चैत १२ गतेदेखि घरबाट विद्यालय जान्छु भन्दै हिडेका करिब १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन् ।
हराएका दुबै बालक सिगास गाउँपालिका–१ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएका प्रहरीले जनाएको छ ।
गएको सोमबार घरबाट हिडेका दुबै जना मंगलबार साँझ पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए ।
त्यहाँबाट भोलिपल्ट बिहानै भागेका दाजु–भाइ आफैं फर्किएर आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया